नेशनल लाइफ इन्स्योरेन्समा सर्वसाधारणको शेयर स्वामित्व बढ्यो

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले शेयर संरचना परिवर्तन गरेको छ । इन्स्योरेन्सले १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेको छ ।

नेप्सेका अनुसार ३४ लाख ४० हजार ३२३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्रण भएको छ । शेयर संरचना परिमार्जन भएसँगै कम्पनीमो सर्वसाधारणको शेयर स्वामित्व ४५ प्रतिशत कायम भएको छ ।

यसअघि कम्पनीमा संस्थापक शेयर स्वामित्व ६५ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३५ प्रतिशत थियो । अब संस्थापक शेयरधनीहरुको स्वामित्व ५५ प्रतिशत तथा सर्वसाधारणको ४५ प्रतिशत कायम भएको छ ।

२०७६ कार्तिक २४ गते सम्पन्न कम्पनीको ३१ औं वार्षिक साधारण सभाले शेयर संरचना परिमार्जन गर्ने निर्णय गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।