आन्तरिक हवाइ उडान र लामो दूरीका यातायात असोज १ गतेदेखि सुरु हुने

0
Shares

सरकारले आगामी असोज १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि नै सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री  तथा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए । यातायात सेवा प्रदायकले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्नेछन् भने क्षमताको आधा मात्र यात्रु बोक्नुपर्नेछ ।

सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । सार्वजनिक यातायात तथा हवाइ जहाजहरुले क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

चैत ११ को लकडाउनपछि लामो दूरीको यातायात ठप्प छ। असार २५ देखि लकडाउन खुकुलो बनाउँदै सरकारले छोटो दूरीको सार्वजनिक यातायात चल्न पाउने व्यवस्था गरेको थियो। निषेधाज्ञा नभएको जिल्लामा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन्।

यस्तै सरकारले कातिक १ गतेबाट अन्तराष्ट्रिय उडानहरु पनि नियमित गर्ने निर्णय गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० भदौ २०७७, मंगलबार  १८ : २१ बजे