माउन्टेन इनर्जी नेपालको आईपीओ खुल्यो, कसले कति गर्ने आवेदन?

0
Shares

माउण्टेन इनर्जी नेपालको आईपीओ यहि भदौ ३१ गते बुधबारदेखि पुनः बिक्रमिा आएको छ ।

कम्पनीले गत साउन ८ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर जारी गरेकोमा लकडाउन तथा निषेधाज्ञा लगायतले स्थगित भएको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

कसले गर्न पाउँछ आवेदन ?

कम्पनीले नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर विक्री गर्न लागेको हो।

नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गापा वडा नं। ४ ९साविकको नारच्याङ गाविस० र तादी गाँउपालिका वडा नं २, ३ र ४ ९साविकको रालुकादेवि र सुन्दरदेवि गाविस० आयोजनाको अति प्रभावित क्षेत्र हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हो।

कति गर्ने आवेदन ?

कम्पनीको आइपीओमा स्थानीयले छिटोमा भदौ २९ गतेदेखि असोज १४ गतेसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा असोज २९ गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्। । आइपीओमा प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्ने छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।