नेपाल बैंकर्स सङ्घ कर्णाली प्रदेश एकाइको संयोजकमा एभरेष्ट बैंकका शाक्य

0
Shares

नेपाल बैंकर्स सङ्घ कर्णाली प्रदेश एकाइ समिति गठन गरिएको छ । एभरेष्ट बैंक प्रदेश कार्यालय प्रमुख राजकुमार शाक्यको संयोजकत्वमा पाँच सदस्यीय बैंकर्स सङ्घ कर्णाली एकाइ समिति गठन गरिएको हो ।

एकाइको सहसंयोजकमा ग्लोबल आइएमई बैंकका विष्णु अर्याल तथा सदस्यमा सिभिल बैंकका अभिजित श्रेष्ठ, सेन्चुरी बैंकका धर्मराज श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख रामकुमार थापा चयन भएका छन् ।

केन्द्रमा रहेको बैंकर्स सङ्घलाई सातै प्रदेशमा एकाइ समितिका रुपमा विस्तार गरिएको हो । संयोजक शाक्यले एकाइ समितिले प्रदेश राजधानी र प्रदेशका सबै जिल्लामा बैंक तथा वित्तीय कारोवार, सरोकार निकायबीच समन्वय गर्न सहज हुने बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।