जिप्रका काठमाण्डौंको स्थगित सेवा आइतबारदेखि सुचारु हुने

0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीका कारण स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुन: सुचारु गर्ने भएको छ।

सरकारले असोज १ गतेदेखि लामो दूरीका साथै अन्य क्षेत्रहरुमा समेत गरिएको निषेधाज्ञा खुलाएसँगै जिप्रका काठमाण्डौंले एक सूचना जारी गर्दै सुरक्षाका सबै मापदण्डको पालना गर्दै आइतबारदेखि सेवा सञ्चालन गर्ने जनाएको हो ।

जिप्रका काठमाण्डौंले बिहीबार सूचना जारी गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको हो ।

उपत्यकामा बढ्दो कोरोना संक्रमणका बीच प्रशासनले साउन २५ गतेदेखि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरेको थियो । दैनिक हरेक सेवामा २० जना सेवाग्राही नबढ्ने गरी स्थानीय तहअनुसार सेवा लिने व्यवस्था मिलाइएको थियो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ असाेज २०७७, बिहीबार  १८ : ५१ बजे