सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांशका लागि तोक्यो बुकक्लोज मिति

0
Shares

सनराइज फर्स्ट  म्युचुअल फण्डले गत आर्थिक वर्षको कमाईबाट घोषणा गरेको लाभांश वितरणका लागि बुकक्लोज मिति तोकेको छ ।

फण्डले कर सहित ७ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सनराइज म्युचुअल फण्डको सनराइज फर्स्ट दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असाेज २०७७, आइतबार  ०७ : ४८ बजे