जीवन बीमा सचेतनामूलक भिडियो सार्वजनिक

0
Shares

‘जीवन बीमा गरौं सुरक्षित रहौं’ भन्ने नारासहितको जनचेतनामूलक भिडियो आइतबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

क्यापिटल न्यूज नेटवर्कले निर्माण गरेको बीमा सचेतनामूलक भिडियो आइतबार अपरान्ह इन्स्योरेन्स खवरको युट्युव च्यानलबाट औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

जीवन बीमाबारे सचेतना जगाउने उद्देश्यले तयार पारिएको भिडियोले जनताका बीचमा जीवन बीमा बारे प्रचार प्रसारमा योगदान पुग्ने निर्माण कम्पनीको भनाई छ।

क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले जनताको बीचमा जीवन बीमाको महत्व पुर्याउन भिडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

जीवन बीमा सचेतनामूलक भिडियोमा नेपालमा सञ्चालित १९ वटै जीवन बीमा कम्पनीहरुले प्रायोजन गरेका छन् ।

भिडियोमा कलाकारहरु रामचन्द अधिकारी गोप्ते काजी , शारदा गिरी काली बुढी, सिपी पुडासैनी धतुरे, मुना नेपाल, सन्देश लामिछाने बटारे , केशव प्रसाद भण्डारी तथा बाल कलाकार शुभम पुडासैनीको अभिनय रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।