आरटिजिएस प्रणालीमार्फत नियमित तालिका बमोजिम कारोबार हुने

0
Shares

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रोस सेलमेन्ट (आरटिजिएस) प्रणाली मार्फत हुने कारोबारलाई नियमित गरेको छ ।

सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेका बेला समयतालिका परिर्वतन गरेको केन्द्रिय बैंकले असोज ४ गते आइतबारदेखि नियमित समयमा कारोबार हुने जनाएको छ ।

राष्ट्र बैंकले आइतबारदेखि बिहीबारसम्म नर्मल विजनशे डे अन्तर्गत विहान साढे १० बजेदेखि ३ बजेसम्म र ग्राहक तथा अन्तरबैंक कारोबार ३ बजेदेखि ४ बजेसम्म हुने जनाएको छ । यस्तै शुक्रबार भने विहान साढे १० बजेदेखि १ बजेसम्म कारोबार गर्न सकिने बताएको छ ।

केन्द्रीय बैंकले यो प्रणालीमा सहभागी संस्थाहरुले कारोबार गर्न सक्ने व्यवस्था मिलाएको हुनाले सम्बन्धित सबैमा जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकले २०७६ भदौ २५ देखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणाली कार्यान्वयनमा ल्याएको थियो। यो प्रणालीमा कारोबार भएको वास्तविक समयमै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ ।

यो प्रणालीमा कारोबार गर्दा २ लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक काट्नु पर्दैन् । यो प्रणाली २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा मात्र लागू हुनेछ । त्यसभन्दा तलको रकमका लागि भने एकाउन्टे पेयी चेक नै जारी गर्नुपर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।