गुराँस लाइफको झण्डै ६ लाख कित्ता शेयर लिलामीमा

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले झण्डै ६ लाख कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको छ। कम्पनीले हकप्रदमा नबिकेको शेयर लिलामी गर्ने भएको हो ।

गुराँस लाइफले संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता शेयरगरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बिक्री गर्ने जनाएको छ ।

लिलामीको शेयरमा असोज १३ गतेदेखि १९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नपर्नेछ। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिमा रहने गरी सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताहरुले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म हकपद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।