नाडेप लघुवित्तले सर्वसाधारणको स्वामित्व बढाउने, बोनस पारित गर्न बोलायो साधारण सभा

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको शेयर संरचना परिमार्जन गार्नुका साथै लाभांश लगायतका प्रस्ताव पारित गर्न असोज २८ गते पाँचौ बार्षिक साधारण सभा आह्वान गरेको छ । 

संस्थाले हाल कायम रहेको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव साधारण सभामा लग्दैछ ।

हाल संस्थामा संस्थापको ७० तथा सर्वसाधरणको ३० प्रतिशत हिस्सा रहेकोमा अब ५१:४९ बनाउने प्रस्ताव गरेको छ । त्यस्तै मर्जर तथा एक्विजिशनमा जानको लागि सम्पूर्ण अख्तियारी संचालकलाई दिने जनाएको छ ।

साथै संस्थाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट घोषणा गरेको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ। १० प्रतिशतले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ।

यसका साथै लघुवित्तले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि अजोज १४ गतेका लागि बुक क्लोज तय गरेको छ । कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन असोज १३ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।