एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज १८ गते, आइतबार धनगढीमा विशेष साधारण सभा डाकेको छ।
लघुवित्तले पुनः सर्वसाधारण शेयर अर्थात एफपीओ जारी गर्ने लगायतका विशेष प्रस्ताव राखेर साधारण सभा बोलाएको हो । यसअघि सम्पन्न कम्पनीको साधारण सभाले एफपीओ जारी गर्ने भनेपनि कति र कुन अनुपातमा जारी गर्ने सम्बन्धमा कुनै निर्णय गरेको थिएन । यो विशेष साधारण सभाबाट कम्पनीले एफपीओ निर्धारण गर्नेछ ।
यसका साथै सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने एजेण्डा राखेको छ । त्यस्तै सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।
एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो। यसअघि लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभेको थियो ।
संस्थाको ५२ करोड रुपैयाँ चुक्ता पूजी सहित १३० भन्दा बढि शाखा पुगेको छ । एक लाख सदस्य रहेको संस्थाले सात वटै प्रदेशमा उपस्थिती जनाउन सफल हुनेछ। संस्थाले १ अर्ब पूँजी सहितको राष्ट्रियस्तरको लघुवित्तका रूपमा स्थापित हुने लक्ष्य लिएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया