हुण्डाईको ‘नयाँ क्रेटा -दि अल्टिमेट एस.यू.भि’ नेपाली बजारमा

0
Shares

नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले निकै प्रतिक्षारत हुण्डाईको “नयाँ क्रेटा- दि अल्टिमेट एस.यू.भि” नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सो कार्यक्रम लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम ,यूट्यूब पेजबाट भर्चुअल वेभकास्ट गरी “क्रेटा- दि अल्टिमेट एस.यू.भि” नेपालमा सार्वजनिक गरिएको हो ।

नयाँ क्रेटाको बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिका महा–प्रबन्धक रूपेश शर्मा भट्टले भने, “वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा- दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।”

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एस.यू.भिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस.यू.भि भइ “दि अल्टिमेट एस.यू.भि” बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एस.यू.भि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो ।

 नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ र जसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँदेखि ५४ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । नेपाली ग्राहकको लागी हुण्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ । हुण्डाईले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ ।

S.N

Variant

Price (NRS)

1

Creta 1.5 EX Petrol

48,96,000/-

2

Creta 1.5 S Petrol

52,96,000/-

3

Creta 1.5 SX Petrol

59,96,000/-

4

Creta 1.5 SX CVT Petrol

65,96,000/-

5

Creta 1.5 E Diesel

43,96,000/-

6

Creta 1.5 S Diesel

54,96,000/-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।