अहिलेसम्म नेपालमा ६५ हजार २७६ जनामा कोराना पुष्टि, ४७ हजार २३८ जना निको भए

अहिलेसम्म नेपालमा ६५ हजार २७६ जनामा कोराना पुष्टि, ४७ हजार २३८ जना निको भए

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज एक हजार १५४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा महिला ४१८ र पुरुष ७३६ जना रहेको जानकारी दिए। आज नौ हजार ५३३ जनाको पिसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै विगत २४ घण्टामा एक हजार पाँच जना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको छ । अहिलेसम्म ४७ हजार २३८ जना सङ्क्रमित निको भई घर फर्किसकेका छन । यसरी सङ्क्रमणमुक्त भई घर फर्किेने कुल सङ्क्रमितको ७२.४ प्रतिशत हो ।

यस्तै सक्रिय सङ्क्रमित १७ हजार ६११, होमआइसोलेसनमा रहेका आठ हजार ६९०, संस्थागत आइसोलेसनमा आठ हजार ९२१ र क्वारन्टिनमा सात हजार ४०३ जना रहेका छन ।

यसैगरी सघन उपचार कक्ष (आइसियु) मा १९६ र भेन्टिलेटरमा ३१ जनाले उपचार गराइरहनुभएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

आइसियुमा प्रदेश नं. १ मा १०, प्रदेश नं. २ मा १६, वाग्मती प्रदेशमा १२८, गण्डकी प्रदेशमा पाँच, प्रदेश नं. ५ मा २२ र कर्णाली प्रदेशमा १५ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नंं १ मा एक, वाग्मती प्रदेशमा २८ र प्रदेश नं. ५ मा दुई जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार पाँच सय भन्दा बढी सङक्रमण भएका जिल्ला आठ रहेका छन् । ती जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला सङ्क्रमणमुक्त जिल्ला हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असोज २०७७, सोमबार १९ : ४० बजे