पछिल्लो २४ घण्टामा ११ सय ७२ जना कोरोना पुष्टि, १८ सय ९३ निको भए

पछिल्लो २४ घण्टामा ११ सय ७२ जना कोरोना पुष्टि, १८ सय ९३ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

नेपालमा आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको प्रवक्ता गौतमले बताए।

संस्थागत आइसोलेसनमा ८ हजार २१४ रहेका छन्।

आज थप ९ हजार ४४९ पीसीआर परीक्षणसँगै अहिलेसम्म ९ लाख ४४ हजार ४७४ पुगेको छ। डिस्चार्ज हुनेको संख्या १८ सय ९३ रहेको छ।

बुधबार नेपालमा थप ७ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म संक्रमणका कारण निधन हुनेको कुल संख्या ४३६ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असोज २०७७, बुधबार १७ : ११ बजे