कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा आह्वान

0
Shares

कर्पोरेट डेभलपमेण्ट बैंकले असोज २९ गते बैंकको १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले पर्साको वीरगञ्जस्थित आदर्शनगर, प्रधान कार्यालयमा सभा आह्वान गरेको हो ।

साधारण सभामा अन्य बैंक वा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने, गाभिने तथा मर्जर/प्राप्ति सम्बन्धमा सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले असोज ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गरिने छ । असोज ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र मतदान गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।