सूर्या लाइफको लिलामी शेयरको आवेदन बन्द हुँदै

0
Shares

एनआईसी एशिया बैंकले लिलामीमा राखेको सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १ सय कित्ता संस्थापक शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन हो ।

बैंकले सूर्या लाइफले असोज २ गतेदेखि बिक्रीमा राखेको हो । ईच्छुक लगानीकर्ताले असोज ९ गतेसम्म आवेदन दिन सक्नेछन ।

लिलामी शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र काठमाडौँ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि सोभन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल, बबरमहल, र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको साधारण शेयर दोस्रो बजारमा अन्तिम पटक असोज ८ गते बिहीबार प्रतिकित्ता ६२३ रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।