तीन लघुवित्त मर्जरमा सामेल, एकीकृत कारोबार पश्चात एफपीओ जारी गर्ने

0
Shares

शेयर बजारमा सूचीकृत एक सहित तीन वटा लघुवित्त वित्तीय संस्थामा एक आपसमा मर्जरमा जाने भएका छन ।

काभ्रेमा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका हुन्।

मर्जर सम्बन्धी तीन संस्थाबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगतवहादुर पोखरेल, सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्तका अध्यक्ष कृष्णवहादुर थापाले शुक्रवार बागलुङ बजारमा हस्ताक्षर गरेका हुन् ।

हाल आरम्भ चौतारी र सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । मर्जर पश्चात एकिकृत संस्थाको चुक्ता पूँजी ३५ करोड २ लाख ६५ हजार हुनेछ ।

आरम्भ चौतारीले यस पूर्वनै सर्वसाधारणका लागि आईपीओ निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकम एफपीओको मार्फत पुर्याउने संस्थाले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।