युनिलिभरले घोषणा गर्यो लाभांश, सय रुपैयाँ पाउन १९ हजार लगानी !

0
Shares

युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

गत शुक्रबार अर्थात असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७७० रुपैयाँ नगद दिएको थियो । युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो शेयर भाउ भएको कम्पनी हो । यसको मूल्य अहिले प्रतिकित्ता १९ हजार ४०४ रुपैयाँ हाराहारीमा छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक २७ गते बुक क्लोज गर्ने घोषणा गरेको छ । यसर्थ कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असाेज २०७७, आइतबार  ११ : १७ बजे