नागरिक स्टक डिलरको प्रमुख छनौट अन्तिम चरणमा, शनिबार अन्तरवार्ता

नागरिक स्टक डिलरको प्रमुख छनौट अन्तिम चरणमा, शनिबार अन्तरवार्ता

नागरिक स्टक डिलर कम्पनीको खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिन लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौटको प्रकृया अन्तिम चरणमा पुगेको छ ।

शंकरकुमार रायमाझिको संयोजकत्वमा गठित सीईओ छनौट उपसमितिले ४ जना आवेदक मध्येबाट महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम सिफारिस गर्दै आगमी शनिबार (असोज १७ गते) अन्तरवार्ताको मिति तोकेको छ । उपसमितिले शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा चार जनाबाट दुई जनाको नाम सर्टलिस्ट गरेको हो ।

डिलर कम्पनीको सीईओको लागि आवेदन दिएका सन्तोषराज नेपाल, विशाल अग्रवाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलबाट सर्टलिस्ट गर्दै नेपाल र श्रेष्ठलाई शनिबार ११ बजेपश्चात अन्तरवार्तामा बोलाएको छ । सीईओ छनौट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारहरुको व्यवसाायीक रणनीति, र कार्ययोजनाको प्रस्तुतीकरणको आधारमा अन्तरवार्ताबाट सीईओ छनौट गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असोज २०७७, आइतबार १२ : ३२ बजे