पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना पुष्टि, थप चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना पुष्टि, थप चार जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।

पछिल्ला २४ घण्टामा १० हजार ८० पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा कुल नौ लाख ९८ हजार ४०७ पीसीआर परीक्षण भइसकेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ छ।
य

 पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ७४२ छ । हालसम्म भने देशभरमा कोरोना मुक्त हुने ५४ हजार ६४० जना छन ।

स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टिनमा ६ हजार ३१० जना छन भने संस्थागत आइसोलेसनमा आठ हजार ६९५ जना र होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन ।

सोमबार काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका ६४९ जना, ललितपुरका १३२ जना, भक्तपुरका ३६ जना रहेका छन् ।

सोमबार नेपालमा थप चार जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म संक्रमणका कारण निधन हुनेको कुल संख्या ४८१ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: १२ असोज २०७७, सोमबार १६ : ३९ बजे