पछिल्लो एक महिनामा ५५ हजार अनलाइन प्रयोगकर्ता थपिए, सक्रिय लगानीकर्ता ३ लाख ३७ हजार

0
Shares

नेपालको शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि अनलाइन प्रयोगकर्तासँगै सक्रिय लगानीकर्ताहरुको संख्या निरन्तर बढ्न थालेको छ । पछिल्लो एक महिनामा मात्रै अनलाइन मार्फत शेयर कारोबार गर्न युजर लिनेको संख्या करिब दोब्बर पुगेको हो ।

नेप्सेका अनुसार गत भदौ ११ गते अनलाइन प्रयोगकर्ताको संख्या ६४ हजार ६१६ रहेकोमा असोज १४ गते आइपुग्दा सो संख्या बढेर १ लाख २० हजार ४९९ पुगेको हो । पछिल्लो एक महिनामा मात्रै ५५ हजार ८८३ जनाले अनलाइन लिएका हुन् ।

हालसम्म शेयर बजारमा सक्रिय लगानीकर्ताको संख्या ३ लाख ३७ हजार ३६० पुगेको छ । भदौ ११ गते बिहीबारसम्म २ लाख ८७ हजार ८५४ रहेकोमा पछिल्लो एक महिनामा सक्रिय लगानीकर्ताको संख्या ४९ हजार ५०६ ले बढेको छ ।

पछिल्लो चरणमा प्राथमिक बजारमा ८ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् । आजै निष्काशन बन्द भएको जनरल इन्स्यारेन्सको आईपीओमा हालसम्मकै सबैभन्दा बढी ८ लाख १४ हजारले आवेदन गरेका छन् ।

लकडाउनपछि नियामक निकायले अनलाइन कारोबारलाई प्रोत्साहन गर्न थालेपछि दोस्रो बजारमा अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या समेत निरन्तर बढ्न थालेको हो । धितोपत्र बोर्डले नयाँ आर्थिक वर्ष सुरु भएयता अनलाइन शेयर कारोबारलाई जोड दिँदै आएको छ ।

बोर्डले लगानीकर्ताहरूले शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरेपछि अनलाइन लिनेहरुको संख्या ह्वात्तै बढेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म २० लाख ०४ हजार ७५९ डिम्याट खाता खुलेका छन । यीमध्ये ८ लाख बढी लगानीकर्ताले प्राथमिक बजारमा शेयर भर्ने गरेका छन् । पछिल्लो चरणमा निष्काशन भएको आईपीओमा ८ लाख १४ हजारसम्म आवेदन परेको पाइएको छ । यी मध्येमा दोस्रो बजारमा सक्रिय कारोबार गर्ने लगानीकर्ताको संख्या ३ लाख ३७ हजार देखिन्छ । कूल सक्रिय प्रयोगकर्ताको आधारमा हेर्दा अनलाईन प्रयोगकर्ता ३५.७२ प्रतिशत हुन आउँछ ।

कुन ब्रोकरमा कति अनलाइन प्रयोगकर्ता ?

नेप्सेका अनुसार अनलाइन ग्राहक सबैभन्दा बढी ब्रोकर नं ५८ नासा सेक्युरिटीजमा १० हजार ७९० रहेका छन् । यस्तै दोस्रोमा रहेको ब्रोकर नं ४२ सनी सेक्युरिटीजमा १० हजार ५०८ अनलाइन प्रयोगकर्ता छन् ।

यसैगरी ब्रोकर नं ३८ दिपशिखामा ७ हजार ६६३ अनलाइन प्रयोगकर्ता रहेका छन् । ब्रोकर नं ३४ भिजन सेक्युरिटीजमा मात्रै ५ हजार ९२३ अनलाइन ग्राहक रहेका छन्। । हालसम्म दुई ब्रोकरमा १० हजार बढी र र १८ वटा ब्रोकरमा २ हजार बढी अनलाइन ग्राहक छन्।

सबैभन्दा कम ब्रोकर नं १८ सगरमाथा सेक्युरिटीजका अनलाइन प्रयोगकर्ता २४२ रहेका छन । ८ वटा ब्रोकर कम्पनीमा हालसम्म पनि अनलाइन प्रयोगकर्ताको संख्या १ हजारभन्दा कम छ । २२ वटा ब्रोकरमा १ हजारभन्दा धेरै २ हजारभन्दा कम अनलाईनका ग्राहक छन् ।

Broker Number Broker Name OnlineClient ActiveClient
58 Naasa Securities Co. Ltd. 10790 13041
42 Sani Securities Company Ltd. 10508 13507
38 Dipshikha Dhitopatra Karobar Co. Pvt Ltd. 7663 17751
34 Vision Securities Pvt. Ltd 5923 10439
49 Online Securities Pvt. Ltd. 4463 11126
35 Kohinoor Investment & Securities Pvt. Ltd. 4095 4625
45 Imperial Securities Company Pvt. Ltd. 3881 13206
57 Aryatara Investment & Securities 3814 9869
52 Sundhara Securities Limited 3662 5713
41 Linch Stock Market Ltd. 3626 9267
21 Midas Stock Broking Company Private Limited 3487 10792
48 Trishakti Securities Public Limited 3090 6844
51 Oxford Securities Pvt. Ltd. 2933 5922
32 Premier Securities Company Ltd. 2569 7111
22 Siprabi Securities Pvt. Ltd. 2418 6799
4 Opal Securities Investment (PVT) Ltd. 2302 3828
25 Sweta Securities Private Limited 2297 4661
29 Trisul Securities & Invt. Ltd. 2121 7878
14 Nepal Stock House (PVT) Ltd. 2047 6592
17 ABC Securities Private Limited 2039 9117
56 Sri Hari Securities Pvt. Ltd. 1977 7154
46 Kalika Securities Pvt. Ltd. 1948 3818
44 Dynamic Money Managers Securities Pvt. Ltd. 1883 9626
53 Investment Management Nepal Pvt. Ltd. 1732 3065
7 J.F. Securites (PVT) Ltd. 1731 4281
50 Cristal Kanchanjanga Securites Pvt. Ltd. 1700 3375
36 Secured Securities Ltd. 1691 5277
55 Bhrikuti Stock Broking Co. Pvt. Ltd. 1670 3682
16 Primo Securities (PVT) Ltd. 1489 7671
6 Agrawal Securities (PVT) Ltd. 1373 7873
39 Sumeru Securities Pvt. Ltd. 1366 11642
59 Deevyaa Securities & Stock House Pvt. Ltd 1328 5825
28 Shree Krishna Securities Ltd. 1288 7522
47 Neev Securities Pvt. Ltd. 1156 6139
26 Asian Securities Private Ltd. 1149 6658
33 Dakshinkali Investment & Securities Pvt. Ltd. 1135 4137
1 Kumari Securities Private Limited 1111 6848
43 South Asian Bulls Pvt. Ltd. 1106 4909
11 Malla & Malla Stock Broking Company Pvt. Limited 1059 3967
54 Sewa Securities Pvt. Ltd. 1033 2868
10 Pragyan Securities (PVT) Ltd. 1028 5848
3 Arun Securities (PVT) Ltd. 1009 2130
19 Nepal Investment And Securities Trading Private Limited 933 4476
5 Market Securities & Exchange (PVT) Ltd. 919 2875
40 Creative Securities Pvt Ltd 880 7316
13 Thrive Brokerage House Pvt. Ltd 799 4299
37 Swarna Laxmi Securities Pvt. Ltd. 767 4109
8 Ashutosh Brokerage & Securities (PVT) Ltd. 757 5034
20 Sipla Securities Private Limited 512 3791
18 Sagarmatha Securities Private Limited 242 3057
  Total 120499 337360