नागरिकताको सिफारिस गराइदिए बापत २४ हजार घुस

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उप(महानगरपालिका-१३ नं. वडा कार्यालयका सहयोगी दिलिप कुमार पंजियारलाई २४ हजार घुस सहित नियन्त्रणमा लिएको छ ।

नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले निज पंजियारलाई नियन्त्रणमा लिएको हो ।

पंजियारले सेवाग्राहीबाट २४ हजार घुस रकम लिइसकेको अवस्थामा उक्त रकम सहित टोलीले वडा कार्यालय अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।