पेट्रोलियम पदार्थको मूल्य समायोजन, कति तोकियो भाउ ?

0
Shares

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य एक।एक रुपैयाँले घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो । नयाँ मूल्य बिहीबार रातीबाट कार्यान्वयन भएको निगमले जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मूल्य समायोजन पश्चात अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५.१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको बताए ।

निगमका अनुसार पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपिजी ग्यासको भने मूल्य समायोजन भएको छैन। यी सबैको भाउ यथावत नै रहेको निगमले जनाएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैयाँमा यथावत छ ।

 

प्रकाशित मिति: १५ असाेज २०७७, बिहीबार  २० : ४६ बजे