कुमारी बैंकबाट शेयर कर्जा लिनुअघि धितो नचाहिने

0
Shares

कुमारी बैंकले नेपाल धितोपत्र विनिमय बजारमा कारोबार हुने शेयर खरिदका लागि सस्तो ब्याजदरमा कुमारी मार्जिन लेन्डिङ योजना ल्याएको छ ।

यो कर्जामार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सक्नेछन ।

यो योजना अन्तर्गत शेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिदपछि सोही शेयर धितोमा रहने प्रावधान रहेको बैंकले जनाएको छ।

हाल बजारमा प्रवाह हुने शेयर कर्जाहरुमा शेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको छ । उक्त कर्जा योजना हालसम्मकै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ ।

शेयर बजारमा लगानीगर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्तकर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।