नागरिक स्टक डिलरको प्रमुख छान्न भोलि अन्तरवार्ता हुँदै, कसले मार्ला बाजी ?

0
Shares

खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिन लागिएको नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौटका लागि भोलि (असोज १७ गते) शनिबार अन्तवार्ता हुँदैछ ।

शंकरकुमार रायमाझिको संयोजकत्वमा गठित सीईओ छनौट उपसमितिले ४ जना आवेदक मध्येबाट शैक्षिक योग्यता, उमेर र अनुभव तथा को आधारमा चार जनाबाट दुई जनाको नाम सर्टलिस्ट परेका महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम सिफारिस गर्दै शनिबार अन्तरवार्ताका लागि बोलाएको छ ।

उपसमितिले श्रेष्ठलाई बिहान ११ बजे र नेपाललाई ११ः४५ बजे अन्तवार्ताका लागि बोलाइएको छ । सर्टलिस्टमा परेका उम्मेदवारहरु श्रैष्ठ र नेपालको व्यवसाायीक रणनीति, र कार्ययोजनाको प्रस्तुतीकरणको आधारमा अन्तरवार्ताबाट एक सीईओ छनौट हुनेछन् ।

नागरिक स्टक डिलर कम्पनीको सीईओ पदका लागि सन्तोषराज नेपाल, विशाल अग्रवाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलले आवेदन दिएका थिए ।

सीईओ पदका लागि व्यवस्थापन वा अर्थशास्त्र वा वाणिज्य शास्त्र वा वित्तशास्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनुपर्ने तोकिएको थियो ।

त्यस्तै बैंक वित्तीय संस्था वा सुचीकृत कम्पनीमा कम्तिमा ४ वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने उल्लेख थियो ।

नागरिक लगानी कोषले सर्वसाधारणको समेत स्वामित्व रहने गरी २०७६ माघ २९ गते ५ अर्ब चुक्ता पूँजीको ’नागरिक स्टक डिलर’ कम्पनी दर्ता गरेको थियो । कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ राखिएको छ ।

नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गराएर कोषलाई स्टक डिलरको रुपमा काम गर्ने बाटो खोलिदिएपछि कोषले कम्पनी दर्ता गराएको थियो ।

चार वटा कम्पनीको लगानीमा खोलिएको उक्त कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहने छ । कम्पनीमा कोषको दुई अर्ब ५५ करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड र एक अर्ब ५० करोड सर्वसाधारणको लगानी रहने कम्पनीले जनाएको छ ।

शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । यो कम्पनीले शेयर बजामा १५ अर्ब बराबर रकम लगानी गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि सारेको थियो ।

डिलर कम्पनीले साउनदेखि नै धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने बताइएपनि असोज पुर्याइएको थियो। सरकारले भदौमा पुन लकडाउन गरेपछि अब दशैं तिहारपछि मात्र डिलर कम्पनीले दोस्रो बजारबाट शेयर खरीद बिक्री गर्नेछ । कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको नियुक्तीमा ढिलाईले समेत कार्ययोजना अगाडि बढ्न सककेको बताइन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।