बजार पूँजीकरणमा टेलिकम अग्रस्थानमा, स्ट्याण्डर्ड चार्टर्ड दशौं

0
Shares

शेयर बजारमा सूचीकृत २१० कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी रहेको नेपाल टेलिकम बजार पूँजीकरणको आधारमा पनि शीर्ष स्थामा रहेको छ। कम्पनीको यस साता बजार पूँजीकरण १ खर्ब ५ अर्ब १५ करोड रहेको छ ।

दोस्रो स्थानमा रहेको नबिल बैंकको ८७ अर्ब ४४ करोड, रि इन्स्योरेन्स कम्पनी ८६ अर्ब ३० करोड, नेपाल लाइफ इन्स्योरेन्स ७५ अर्ब ५७ करोड, एभरेष्ट बैंक ६१ अर्ब ६६ करोड, एनएमबि बैंक ६० अर्ब १० करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ५९ अर्ब ८४ करोड, नागरिक लगानी कोष ५७ अर्ब ८ करोड, एनआईसी एशिया बैंक ५६ अर्ब २६ करोड र दशौं ठूलो पूँजीकरण रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५३ अर्ब ३ करोड बजार पूँजीकरण रहेको छ ।

यस साता समग्र बजार पूँजीकराण १३ अर्ब २ करोड रुपैयाँले बढेको छ । आइतबार २० खर्ब ८० अर्ब १२ करोड रहेको बजार पूँजीकरण २० खर्ब ९३ अर्ब १४ करोडमा पुगेको हो ।

कूल बजार पूँजीकरणमध्ये शीर्ष दश कम्पनीको हिस्सा ३३.५६ प्रतिशत रहेको छ । दश कम्पनीको कूल बजार पूँजकरण ७ खर्ब २ अर्ब ४५ करोड रहेको छ । टेलिकम एक्लैको कूल बजार पूँजीकरणको ५.०२ प्रतिशत हिस्सा छ ।

शीर्ष पूँजीकरण भएका दश कम्पनीको एक सातामा देखिएको अन्तर यसप्रकार रहेको छ:-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।