एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले वैज्ञानिक विधि र मापदण्डको आधारमा पिरिआर टेष्टको शूल्क निर्धारण गरिदिन सरकारसँग माग गरेको छ ।
असोज १६ गते शुक्रबार अफिन तथा पिसिआर टेष्ट गर्ने निजी क्षेत्रद्वारा संचालित ल्यावहरु तथा अस्पतालहरुबीच बसेको वैठकले उक्त माग राखेको हो।
साथै बैठकले निजी क्षेत्रका ल्यावहरुलाई नागरिकको स्वास्थ्य परीक्षणमा वाधा पर्ने खालका कुनैपनि निर्णय गर्नु अगावै पेशागत मर्यादा, व्यवसायिक जिम्मेवारीलाई उच्चवोध हुनेगरी संयमित भएर सेवा संचालन गर्न अनुरोध समेत गरेको छ ।
निजी क्षेत्रका ल्यावहरुले उठाएका मागलाई नाजायज भन्न नमिल्ने अफिनको भनाई छ । तर अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक एवम् तर्कसंगत ढंगबाट समाधान गर्नुपर्नेतर्फ विशेष जोड दिंदै पिसिआर टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिनु हुन नेपाल सरकारसँग अफिन जोडदार माग गर्दछ । अफिनद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
साथै यस विषयलाई सहि ढंगबाट समाधान गर्ने तर्फ एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को सकारात्मक सहयोग सधैँ रहने व्यहोरा अनुरोध गर्दै वर्तमानमा देखिएको गतिरोध अन्त्यको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ल्याव संचालकहरुबीच वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया