यातायात व्यवस्था कार्यालय भक्तपूरका सम्पूर्ण सेवाहरु स्थगित

0
Shares

यातायात व्यवस्था कार्यालय भक्तपुरले असोज १८ गतेबाट लाइसेन्स वितरण लगायत सबै सेवाहरु स्थगित गरेको छ ।

प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका कार्यालयका केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यातायात व्यवस्था कार्यालयले भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको उक्त कार्यालयका अधिकृत राजेन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवाहरु स्थगित गरिएको जनाएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।