मुक्तिनाथ विकास बैंकद्धारा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण

0
Shares

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ ।

उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप-महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका हुन ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि दिपक थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरे । धनगढी उप-महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको हो ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असाेज २०७७, सोमबार  १३ : १० बजे