सनराइज बैंकले आईएमई मोटर्सका गाडी खरिद गर्न ६०% सम्म कर्जा दिने

0
Shares

सनराइज बैंक र आईएमई समूहद्वारा संचालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेड बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतजनक शर्मा पौड्याल र आईएमई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरे ।

सहमतिपत्र अनुरुप, आईएमई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सन्राइज बैंकबाट कर्जा प्रवाह गर्नेछ ।

ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ।

कर्जाको मासिक किस्ता ईएमआईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।