स्ट्याण्डर्ड चार्टर्डले प्राप्त गर्यो ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल २०२०’

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ग्लोबल फाइनान्स, न्यूयोर्कद्वारा ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल २०२०’ अवार्डबाट पुरस्कृत भएको छ । बैंकले उक्त पुरस्कार एशिया प्यासिफिक समूह अन्तर्गत प्राप्त गरेको हो । बैंक यो प्रतिष्ठित पुरस्कारबाट लगातार छैठौं पटक पुरस्कृत भएको हो।

बैंकले यो अवार्ड डिजिटल ग्राहकहरुलाई प्रदान गर्ने सेवा र आकर्षण गर्न अपनाएको रणनीतिक शक्ति, डिजिटल सेवाहरु प्रयोग गर्नमा ग्राहकहरुमा पाएको सफलता, डिजिटल ग्राहक संख्यामा वृद्धि, बैंकिङ्ग सुविधाहरुको व्यापक उपलब्धता, डिजिटल पहल र वेब साइट/मोबाइल डिजाइनबाट प्राप्त मूर्त फाइदाहरुको प्रमाण र कार्य क्षमताको आधारमा जित्न प्राप्त गरेको हो।

यस वर्ष बैंकले शुरु गरेको मोबाइल २.० एप र बैंकको अनलाइन च्यानलहरु मार्फत् गरिएका अन्य धेरै सेवा यात्राहरुको कारण बैंकले आफ्नो डिजिटल सेवालाई आक्रामक रुपमा वृद्धि गरेको छ र ग्राहकहरुलाई डिजिटल माध्यमहरु प्रयोग गरेर उनीहरुको बैंकिङ्ग आवश्यकताहरु पूरा गर्नमा सक्षम बनाउन सेवाहरुको क्रम थपेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड नेपालका पार्टनरसिप एण्ड एलायन्स/डिजिटल प्रमुखले भने ‘यो पुरस्कार हाम्रो लगनशीलता, प्रतिबद्धता र नवीनताको द्योतक हो । हाम्रो डिजिटल ड्राइभ अन्त्यहीन रुपमा विकसित हुँदैछ र हामी हाम्रा मुल्यवान् ग्राहकहरुमाझ विस्तारित सुरक्षा र सुरक्षण उपायहरुका साथ सेवाहरु प्रदान गर्न कटिबद्ध छौं ।’

ग्लोबल फाइनान्स, सन् १९८७ मा स्थापित एक मासिक वित्तीय पत्रिका हो, जसको पाठकहरु १८७ देशहरुमा छन् र यो प्रति महिना ५० हजार प्रति वितरण हुने गरेको छ । ग्लोबल फाइनान्सका पाठकहरुमा बहुराष्ट्रिय कम्पनीहरु र वित्तीय संस्थाहरुमा रणनीतिक निर्णय गर्न तथा लगानी गर्नका लागि उत्तरदायी वित्तीय पदाधिकारीहरु र वरिष्ठ कर्पोरेट समेत रहेका छन् ।

ग्लोबल फाइनान्सले नियमित रुपमा बैंकहरु र अन्य वित्तीय सेवा प्रदायकहरुमध्येबाट सर्वश्रेष्ठ कार्य गर्नेहरु चयन गर्न गरेको छ । अवार्ड विश्वव्यापी वित्तीय समुदायका लागि उत्कृष्टताको विश्वासिलो मानक कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।