यो दशैंमा नयाँ नोट साट्न नपाइने, राष्ट्र बैंकद्धारा नयाँ नोट सटही नगर्ने निर्णय

0
Shares

नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुमा झै यस वर्षको बडा दशैँमा नयाँ नोट सटही नगर्ने भएको छ ।

पछिल्लो समय विश्वब्यापी महामरी कोरोना भाइरस संक्रमणको जोखिम काठमाण्डौं उपत्यकाका साथै देशभर संक्रमण बढेपछि नयाँ नोट सटही नगर्ने निर्णय राष्ट्र बैंकले गरेको हो ।

आइतबार राष्ट्र बैंलके जारुी गरेको सूचनामा भनिएको छ ‘नेपाल राष्ट्र राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भीडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भएको परिपेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्र बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको बडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विगतका वर्षहरुका दशैंमा राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ हाराहारीमा नयाँ नोट सटही गर्दै आएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।