ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई सावधानी अपनाउन आग्रह

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना प्रकाशन गरेको छ ।

बैंकले विगत केहि दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभिन्न मोबाइल नम्बरबाट तपाइलाई चिट्ठा परेको भन्दै फोन आउने र सो चिट्ठा प्राप्त गर्नको लागि कर बराबरको रकम ग्लोबल आइएमई बैंकमा रहेको खातामा जम्मा गर्नु तथा भौचर पठाउनु भनि सर्वसाधारणलाई ठगी गर्ने काम बढिरहेको भन्दै सचेत गराएको छ ।

बैंकले यसरी आउने कलबाट आम ग्राहकहरुमलाई प्रलोभनमा पारि पैसा असुली गरी सम्पूर्ण रकम खाताबाट निकाली सम्पर्क बिहीन भई ठगी गर्ने क्रम बढेकोले भ्रामक सूचनामा विश्वास नगर्न सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित सबै सरोकारवालाहरुलाई बैंकले आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।