हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक

0
Shares

हिमालयन बैंक लिमिटेड (HBL) ले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । विभिन्न खातामा लागू हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचतमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म तथा कल खातामा १ प्रतिशत र बैदेशिक मुद्रामा खोलिने खातमा ०.२५ देखि ०.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकले मुद्दती निक्षेपतर्फ रिकरिङ्गतर्फ ४ देखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ । यसैगरी व्यक्तिगत तर्फ न्यूनतम तीन महिनेमा ४ देखि अधिकतम ५ देखि १० वर्ष अवधिको ९ प्रतिशत रहेको छ ।

यसैगरी कर्जातर्फ आधार ब्याजदरमा अधिकतम ५ प्रतिशत प्रिमियममा सबै प्रकारका कर्जा उपलब्ध गराउने भएको छ । बैंकको मुद्दती निक्षेपमा २ प्रतिशत, अन्य बैंकको मुद्दती निक्षेप र बण्डहरु तथा सरकारी धितोपत्रको धितोमा ३.७५ प्रतिशत वा कुपन रेटमा १ प्रतिशतमा कर्जा उपलब्ध हुने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।