एनएमबि बैंकका ग्राहकले सिजिका उत्पादन खरीदमा ४ हजार रुपैयाँसम्म बचत गर्नसक्ने

0
Shares

सिजिका उत्पादनहरुमध्ये कुनै पनि उत्पादन एनएमबि बैंकका ग्राहकहरुले बैंकको कार्डबाट खरिद गर्दा मेगा डिल अन्तर्गत एनएमबि दशैं नगद फिर्ता अफर अन्तर्गत प्रत्येक खरीदमा चार हजार रुपैयाँसम्म बचत गर्न सक्ने भएका छन् ।

एनएमबि बैंक र सिजिबीच बैंकका ग्राहकहरुलाई सिजि ब्राण्डका उत्पादन खरीदमा सहजता तथा छुट प्रदान गर्ने प्रदान गर्ने विषयमा समझदारी भएको हो ।

दशैं किनमेलमा सजिलो होस भन्ने उद्देश्यसाथ सिजिलो यो अभियान सुरु गरिएको जनाइएको छ ।

दशैं महा अफर अन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा चार हजार रुपैयाँ सम्म बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकको हाल १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरु मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।