चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने फर्स्ट माइक्रोफाइनान्स पहिलो कम्पनी

0
Shares

शेयर बजारमा सूचीकृत २०९ कम्पनीहरुमध्ये फर्स्ट माइक्रोफाइनान्स (FMDBL) चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने पहिलो कम्पनी बनेको छ ।

माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २८ लाख ७८ हजार रुपैयाँ धेरै हो ।

गत आवको पहिलो त्रैमासमा लघुवित्तले २ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ब्यवस्थापकीय क्षमता सबल बनाएर खर्च घटाउँदा लघुवित्तले कोभिड महामारीबीच पनि कम्पनीको लगानीकर्तालाई खुशी तुल्याउने वित्तीय विवरण पस्केको छ ।

लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने यस कम्पनीले असोज मसान्तसम्ममा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब ९४ करोड ८१ लाख ९ हजार रुपैयाँ सापटी लिएर ६ अर्ब ३ करोड १७ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसबाट लघुवित्तले ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १ करोड २ लाख ७७ हजार रुपैयाँ धेरै हो । अघिल्लो आवको तुलनामा ब्याज आम्दानी ४ करोड ८० लाख रुपैयाँले घटेको कम्पनीको ब्याज खर्च पनि ५ करोड ८२ लाख रुपैयाँले घट्दा खुद ब्याज आम्दानीमा भने सुधार भएको छ ।

अघिल्लो आवको पहिलो त्रैमासमा १७ करोड ९२ लाख ब्याज आम्दानी गरेकोमा चालु आवको यसै अवधिमा १३ करोड १२ लाख मात्र आर्जन गरेको छ । यस्तै गत आवमा १३ करोड ६७ लाख ब्याज खर्च गरेको कम्पनीके चालु आवको यसै अवधिमा ब्याजखर्च ७ करोड ८५ लाखमा रहेको छ । यसले लघुवित्तको सम्भावित नोक्सानी व्यवस्थामा क३८ लाख बढ्दापनि नाफामा असर पुगेको छैन ।

अघिल्लो आवको तुलनामा कर्मचारी र प्रशासनिक खर्चमा समेत कटौती गरेपछि लघुवित्तको नाफामा सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ४८ लाख १२ हजार रुपैयाँ बढेर ४ करोड ७१ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको फर्स्टले वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५६ पैसा कायम गरेको छ । लघुवित्तको जगेडा कोषमा १६ करोड ६० लाख रुपैयाँ कायम रहँदा प्रतिशेयर नेटवर्थ ११८.९४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा अनुपात शुन्य प्रतिशत कायम रहँदा मूल्य आम्दानी अनुपात ४१.७५ गुणा कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।