हालसम्म ३७ कम्पनीहरुको लाभांश घोषणा हुँदा तपाइको लगानी रहेको कम्पनीले कति दिँदैछ ?

0
Shares

हालसम्म ३७ कम्पनीहरुको लाभांश घोषणा गरेका छन् । जसमा युनिलिभर नेपाल लिमिटेडले सबैन्दा धेरै १०० प्रतिशत लाभांश घोषणा गरेको छ । दोस्रो स्थानमा रहेको समता लघुवित्तले २६.३२ र तेस्रोमा शिवम् सिमेन्टुले २४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । २० कम्पनीले १० प्रतिशत धेरै लाभांश घोषणा गरेका छन् ।

सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजनाका इकाइधनीले ४ प्रतिशत लाभांश पाउने भएका छन् । सेञ्चुरी क्यापिटल र कुमारी क्यापिटलले पनि ४ प्रतिशत लाभांश घोषणा गरेको भएपनि सो संस्थामा सर्वसाधारणको लगानी नरहेकाले ग्लोबल आईएमई समुन्नत योजना नै हालसम्मको सबैभन्दा थोरै लाभांश घोषणा गर्ने कम्पनी बनेको छ ।

लाभांश घोषणा गरेका कम्पनीमध्ये युनिलिभर नेपाल, बैंक अफ काठमाण्डू, सानिमा इक्वीटी फण्ड, र शिवम् सिमेन्ट, समता लघुवित्त, फस्ट माइक्रोफाइनान्स, नेशनल लाइफ, एनएलजी इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, आशा लघुवित्त, आरएसडिसी, सानिमा बैंक, र सिटिजन्स बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले अझै लाभांश पाउने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।