एक सातामा ७५ अर्ब निक्षेप संकलन हुँदा ७० अर्ब कर्जा लगानी

0
Shares

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत ६ महिना देखि स्थिर रहेको अर्थतन्त्र चलयामान हुन थालेको छ । पछिल्लो समयमा बैंकहरुबाट प्रवाह भएको कर्जाको वृद्धिरले पनि अर्थतन्त्र गतिशिल भएको हो ।

चाडबाड नजिकिँदै गएपछि सरकारले पनि लकडाउन र निषेधाज्ञालाइ हटाएर समान्य जनजीवन अनुसार गर्न थालेपछि आर्थिक गतिविधि बढेको हो । कोरोनासँगै बाँच्ने र अर्थतन्त्रलाई पनि गतिशिल बनाउने भन्दै सरकारले लकडाउन र निषेधाज्ञा हटाएपछि उद्योग, ब्यापार व्यावसाय पुर्ववत रुपमा सञ्चालन हुन थालेपनि बैंकहरुको कर्जाको माग समेत बढेको छ ।

दशैं निजिकिएपछि सवारी साधान र अन्य क्षेत्रमा समेत कर्जाको माग हुँदा बैंकहरुबाट प्रवाह हुने कर्जा बढेको छ भने चाडवाड मान्नका लागि विदेशमा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउँदा उक्त रकम बैंकिङ्ग प्रणालीमा रहँदा निक्षेपमा समेत सुधार देखिएको हो ।

आर्थिक गतिविधि बढेसँगै पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको असोज महिनामा बैंकहरुले एक खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सोही अवधिमा बैंकहरुले एक खर्ब ३० अर्ब कर्जा रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

लकडाउन र निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भएपछि बैंकहरुमा निक्षेप उच्च दरमा बढेको थियो । सो अवधिमा बै.कहरुले कर्जा लगानी गर्ने अवस्था नभएको र तरलता उच्च भएका कारण ब्याजदरमा समेत उल्लेख्य गिरावट आएको थियो ।

त्यसकारण गर्दा गत भदौ महिनामा बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बैंकहरुमा १६ अर्ब निक्षेप थपिएको थियो ।
साउन मसान्तसम्म बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिसम्म बैंकहरुमा ३४ खर्ब ७९ अर्ब निक्षेप रहेको थियो । असोज अन्तिसम्ममा बैंकहरुको कर्जा प्रवाह बढेर ३० खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ३६ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थाबाट सहुलियतमा सहज कर्जा पाउने भएपछि पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थामा कर्जाको माग समेत देखिन थालेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।