एसबीआई मर्चेन्ट बैंकिङको साधारण सभा कात्तिक २७ मा

0
Shares

नेपाल एसबीआई मर्चेन्ट बैकिङले कात्तिक २७ गते बिहीबार साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको कार्तिक २ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल, काठमाडौंमा बिहान ११ बजे पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने एजेण्डा छ ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने र आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरू सभामा छलफल गरी पारित हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।