यो वर्षको बडा दशैंमा कुनैपनि बैंकको शाखा नखुल्ने

0
Shares


यो वर्षको बडा दशैं बिदामा कुनै पनि शाखा नखुल्ने भएका छन् । कोरोना संक्रमणका कारण ३ हजार ७०० भन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि भएसँगै नेपाल बैंकर्स संघले बडा दशैंको विदामा बैंकको शाखा खुला गर्न नसकिने जनाएको हो ।

संघले कात्तिक ७ गते सप्तमी अर्थात फूलपातिदेखि कात्तिक ११ गते अर्थात एकादशशीसम्म बैंकका सबै शाखाहरु बन्द हुने बताएको छ । यद्यपी यस अवधिमा ग्राहकहरुले डिजिटल बैंकिङ सेवा (मोवाइल र इन्टरनेट बैंकिङ्ग) बाट भने बैंकिङ्ग सेवा उपभोग गर्न सक्नेछन् । यस्तै एटीएम सेवा पनि सुचारु नै रहनेछन् ।

कोरोना संक्रमणपछि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नलाग्ने व्यवस्था गरेको छ । यसले पनि ग्राहकले नजिकैको आफुलाई पायक पर्ने एटिएम बुथबाट पैसा निकाल्न सक्नेछन् भने विद्युतीय माध्यमबाट रकम पठाउन सक्नेछन् ।

गत वर्षहरुमा भने सबै बैंकहरुले दशैंको बिदामा पनि निश्चित शाखा तोकेर सेवा दिँदै आइरहेका थिए । यो पटक भने कोरोना संक्रमणका कारण सो सेवा भने नपाइने भएको छ ।

यस्तै संघले कोरोना भाइरस संक्रमणका कारण बच्न र जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम सदुपयोग गर्न आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।