एनआईसी एशिया बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?

0
Shares

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ । बडादशैंको पुर्वसन्ध्यामा बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकले १९ प्रतिशतको दरले कायम हुने १ अर्ब ९४ करोड ३५ लाख रुपैंया बराबरको बोनस तथा १ प्रतिशतले हुन आउने ९ करोड ७२ लाख रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्षको कमाईबाट बैंकले १० प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हालसम्म ३७ कम्पनीहरुको लाभांश घोषणा हुँदा तपाइको लगानी रहेको कम्पनीले कति दिँदैछ ?

बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गर्नेछ ।

बैंकले गत आर्थिक वर्षमा ३१ रुपैंया ८९ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो । २.४९ प्रतिशतले खुद नाफा बढाएको बैंकले ३ अर्ब ९ करोड रुपैंया खुद नाफा कमाएको थियो । बैंकको स्व–पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको छ । स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये शिर्षस्थानमा एनआईसी एशिया बैंक परेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।