एनआईसी एशिया लघुवित्तको सीइओमा चालिसे

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा लक्ष्मण चालिसे नियुक्त भएका छन् ।

लघुवित्तको कार्तिक ४ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको ८६ औं बैठकले पोखरा महानगरपालिका वडा नम्बर ८ स्थायी ठेगाना भई हाल कीर्तिपुर ट्याङ्लाफाट २ काठमाडौंमा बसोबास गर्ने चालिसेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

सीईओ नियुक्तीको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो

यसअघि पनि लघुवित्तको सीईओ रहेका चालिसे करिब २ दशक अघिदेखि विभिन्न वाणिज्य बैकहरुको व्यवस्थापकीय पदमा कार्यरत रहेका व्यक्ति हुन् । उनले एनआईसी एशिया बैंकको बरिष्ठ अधिकृत र बरिष्ठ प्रवन्धकको रुपमा समेत कार्य गरिसकेका छन् ।

व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका चालिसेले नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।