ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले बुधबार काठमाण्डौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् ।

यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल सहित २३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।