नेपाल बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई तीन लाख सहयोग हस्तान्तरण

0
Shares

नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्तिक ६ गते सिपाडोल वडा नं ८, सूर्यविनायक, भतmपुर स्थित मुस्कान सेवा नेपाल नामको अनाथालयलाई तीन लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

नेपाल बङ्गलादेश बैंकको केन्दि«य कार्यालयमा एक कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द« भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरिएको हो ।

गत करिब दुई वर्षमा धेरै पटक डेरा सर्न परेकोले सिपाडोल वडा नं ८, सूर्यविनायक, भतmपुर स्थित संस्थाले आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि नै उक्त रकम प्रदान गरिएको हो । सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् ।

साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।