कुमारी बैंकका ३ नयाँ शाखा विस्तार

0
Shares

कुमारी बैंक लिमिटेड (KBL) ले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौं उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ ।

बैंकले सुदूरपश्चिम प्रदेशको बझाङ्गस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कलमा शाखा कार्यालय संचालनमा ल्याएकोे हो ।

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

विगत २० वर्ष देखी आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवा दिँदै आएको कुमारी बैंकको निक्षेप १ खर्ब २२ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब रहेको बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।