कोरोना महामारीको समयमा पनि सामसुङको नाफा ५९ प्रतिशतले बढ्यो

0
Shares

कोरियन इलोक्ट्रोनिक एवं स्मार्टफोन निमार्ता कम्पनी सामसुङ कम्पनीले यो वर्षको सेप्टेम्बरसम्मको नाफा ५९ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको पछिल्लो तीन महिनामा आर्जन भएको नाफा हासम्मकै उच्च रहेको पनि कम्पनीको दाबी छ ।

कम्पनीले यो अवधिमासम्ममा १०.९८ अर्ब डलर नाफा गरेको छ । कम्पनीको यो नाफा मेमोरी चिप, स्मार्टफोन तथा विद्युतीय उपकरणको बिक्रीबाट आर्जन गरेको हो ।

  • सामसुङ कम्पनीको नाफा पछिल्लो त्रैमासमा ५९ प्रतिशतले बढ्यो
  • कम्पनीको नाफा पछिल्लो २ वर्ष यताकै उच्च
  • कम्पनीले गरेको नाफा कम्प्यूटर मेमोरी चिप, स्मार्टफोन तथा अन्य विद्युतीय उपकरण बिक्री मार्फत
  • चीन र अमेरिका विच चलिरहेको ब्यापार युद्धले कम्पनीलाइ फाइदा

स्मार्टफोन एवं इलेक्ट्रोनिक्स समाग्री उत्पादन गर्ने दक्षिण कोरियाको कम्पनी समासुङले पछिल्लो २ वर्ष यताकै उच्च नाफा गरेको हो । यो अवधिमा कम्पनीको राजस्व समेत ८ प्रतिशतले वढेर ५९ अर्ब डलरले वढेर हालसम्मकै उच्च पुगेको छ । यो राजस्व कम्पनीको अहिलेसम्मका त्रैमासहरु मध्यकै धेरै हो ।

विश्वभरी कोरोना महामारीको त्रास भएपनि अर्थतन्त्र खुल्ने बित्तिकै आएको मागका कारण सामसुङको बिक्री बढेको कम्पनीले जनाएको छ । यो अवधिमा कम्प्यूटर मेमोरी चिपको मागमा कमी आउनुका साथै स्मार्टफोन तथा उपभोक्ता इलेक्ट्रोनिक्समा प्रतिस्पर्धा उच्च भएका कारणले गर्दा यो त्रैमासमा नाफामा कमी आउने अनुमान कम्पनीको रहेको छ ।

कोरोना भाइरसको महामारी तथा अमेरिका र चीन बीचको व्यापारिक झगडाका कारण सामसुङ कम्पनीलाई फाइदा पुगेको हो । अमेरिकाले चाइनिज उत्पादनमा लगाएको सीमाका कारण हुवाय कम्पनीको बजार प्रभावित भएको हो । यसले गर्दा पनि सामसुङको प्रतिस्पर्धी कम्पनीलाई नोक्सान पुगेको हो ।

अमेरिकाले स्मार्टफोन, स्मार्टफोन चिप तथा दूरसञ्चार उपकरण उत्पादन गर्ने कम्पनीलाई अमेरिकाले निषेध गरेसँगै सामसुङको ब्यापार बढेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।