सानिमा बैंकको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक (SANIMA) को सोमबार शेयरमूल्य समायोजन भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६।७७ बाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

आइतबार अन्तिम पटक ३५२ रुपैयाँमा कारोबार भएको बैंकको शेयरमूल्यमा नेप्सेले बोनस समायोजन गरी प्रतिकित्ता ३२० रूपैयाँमा शेयरमूल्य समायोजन गरेको छ ।

यसअनुसार सोमबार बैंकको शेयर कारोबार यहि मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।

लाभांश पारित गर्न बैंक सञ्चालक समितिको कार्तिक ६ गते, सम्पन्न बैठकले कार्तिक २८ गते, शुक्रबार आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे १६ औंं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।