नेपाल राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । सरकारका विकास निर्माण कार्यका लागि आवश्यक पूँजी जुटाउनका केन्द्रीय बैंकले सो ऋणपत्र निष्काशन गर्न लागेको हो ।

‘विकास ऋणपत्र २०८७ घ’ को सावा १० वर्ष पछि परिपक्क हुनेछ । सो ऋणपत्र खरिदका लागि बुधबार बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रका माध्यमबाट ब्याजदर निर्धारण गरिने सो ऋणपत्रको निष्काशन बिहीबार हुने केन्द्रीय बैंकले जनाएको छ । बोकबोल मार्फत निर्धारण हुने ब्याज भने अर्धवार्षिक रुपमा भुक्तानी पाइने छ ।

खरिदकर्ताले न्यूनतम ५० हजार देखि ५० हजारले निशेष भाग जाने गरी कुल निष्काशित रकमका लागि आवेदन दिन सक्नेछ । साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जबाट गर्न सकिने जनाएको छ ।

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउँदैनन् । राष्ट्र बैंकले सो ऋणपत्र प्रतिस्पर्धीलाई ८५ प्रतिशत अर्थात १७ अर्ब र अप्रतिस्पर्धीलाई १५ प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ गरी छ्ट्याएको छ ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र बोलमूल्य बोलपत्र फारममा उख्लेख गर्नुपर्नेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।