प्राइम कमर्सियल बैंकले साढे ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोडसँग अनुमति माग

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेको हो ।

दीर्घकालीन स्रोत परिचालनका लागि ऋणपत्र निष्काशनका लागि बैंकले कार्तिक १४ गते शुक्रबार सेबोनमा निवेदन पेश गरेको बोर्डले जनाएको छ । बैंकले ८.७५ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ८ वर्ष अवधिको प्राइम डिबेन्चर २०८५ जारी गर्न लागेको हो ।

बैंकले जारी गर्ने ३५ लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १४ लाख कित्ता सर्वसाधारणका लागि र ६० प्रतिशत अर्थात २१ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

बैंकको ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।