सिभिल लघुवित्तमा तीन सञ्चालक नियुक्त, सचिनजंङ्ग रायमाझी अध्यक्ष चयन

0
Shares

सिभिल लघुवित्त (CLBSL) मा तीन सञ्चालक नियुक्त भएका छन् । सिभिल बैंकको तर्फबाट लघुवित्तमा प्रतिनिधित्व गर्नेगरी सचिनजंङ्ग रायमाझी, सचिन नेवा र श्रीमति आँचल ढकाल नियुक्त भएका हुन् ।

सिभिल लघुवित्तको मंगलबार सम्पन्न १५९ औं बैठकले सिभिल बैंकको तर्फबाट मनोनयन भई आएका तीनै जना सञ्चालकको नियुक्तीलाई कार्तिक १८ गतेदेखि लागू हुनेगरी अनुमोदन गरेको हो ।

यस्तै बैठकले सचिनजंङ्ग रायमाझीलाई लघुवित्त सञ्चालक समितिको अध्यक्षमा चयन समेत गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।